भन्सार छलीका सामानसहित रौतहटमा चार जना पक्राउ

बिदेश राजनीति समाचार

रौतहट ,२७ माघ । जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतका प्रहरीको गस्ती टोलीले विभिन्न स्थानबाट भन्सार छलीका सामानसहित चार जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा राजदेवी नगरपालिका-२ का २२ वर्षीय धनदीप बैठा, १८ वर्षीय शेख अफरोज, मौलापुर नगरपालिका-६ का अमरेन्द्रकुमार जयसवाल, बौधीमाई नगरपालिका-६ का २० वर्षीय रुपेश यादव रहेको जिल्ला प्रहरी प्रमुख एसपी दिलीप घिमिरेले बताएका छन्।

जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतका विभिन्न युनिटबाट खटिएको टोलीले राखेको चेकप्वाइन्टबाट १ लाख ३३ हजार ५८५ रुपैया बराबरको भन्सार छलेर ल्याएका स्पेयर पार्टस्, किराना सामानहरूसहित उनीहरूलाई पक्राउ गरेको हो।

बरामद सामानसहित बिआर०५इ ४४०२ नम्वरको मोटरसाइकलमा सवार चारैजनालाई आइतबार आवश्यक कारबाहीको लागि गौर भन्सार कार्यालयमा बुझाइएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *