बारामा सुधार केन्द्रमै कुटपिट गरी एक युवाको हत्या

समाचार

काठमाडौं ,५ फागुन । बारामा पन्ध्र दिनअगाडि पुगेका एक युवालाई सुधार केन्द्रभित्रै कुटपिट गरी हत्या गरिएको छ।

प्रहरीका अनुसार कलैया उपमहानगरपालिका-९ का ३७ वर्षीय प्रदीपप्रसाद मण्डलको तीन दिनअघि कुटपिट गरी हत्या गरिएको हो।

आफन्तका अनुसार कलैया उपमहानगरपालिका-१ मा सञ्चालिन नवजन्म पुन:स्थापना केन्द्रमा मण्डलले हत्या भएको हो।

मण्डललाई सुधार केन्द्रका व्यक्ति तथा कर्मचारीहरूले मराणासन्न हुने गरी कुटपिट गरेका थिए। उनलाई कलैया सिटी अस्पतालमा प्रारम्भिक उपचारपछि प्रादेशिक अस्पताल कलैया पठाइएको थियो। उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले सात जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कलैया-३ का १९ वर्षीय सरफराज मन्सुर, कलैया-४ का २२ वर्षीय निरज सर्राफ, वडा नम्बर ६ का २० वर्षीय आशु मिया शेख, वडा नम्बर १ का २४ वर्षीय अरुण सर्राफ, २ नम्बर वडाका २१ वर्षीय प्रमेश्वर साह, सोही ठाउँका १९ वर्षीय सागर गुप्ता र ३ नम्बर वडाका २९ वर्षीय तमन्ना अलि रहेका छन्।

फागुन २ गते केन्द्रमै कुटपिट गरी हत्या हुँदा बारा प्रहरीले थाहा पाएको थिएन। बारामा नयाँ प्रमुखको रुपमा प्रहरी उपरीक्षक सन्तोष तामाङ भर्खरै गएका छन्।

बारा प्रहरीले संलग्नहरूलाई पक्राउ गरेपछि कर्तव्य ज्यानमुद्दामा अनुसन्धान थालिएको बताएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *