पर्सामा पुनःस्थापना केन्द्रहरूसँग अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न

समाचार

पर्सा, ५ फागुन ।

जिल्ला प्रहरी कार्यालय पर्साको आयोजनामा पुनःस्थापना केन्द्रका सञ्चालक तथा प्रतिनिधिहरूसँग अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रको उपस्थितिमा सम्पन्न भएको हो।

छलफलका क्रममा पुनःस्थापन केन्द्रहरूले सेवा लिइरहेका सेवाग्राहीहरूलाई उपचारात्मक तथा सुधारात्मक उपायमार्फत असल र सभ्य नागरिक बनाउनेतर्फ ध्यान दिनुपर्ने विषयमा विशेष जोड दिइयो। साथै, पुनःस्थापना केन्द्रहरूको भूमिका, सेवा-सुविधा तथा केन्द्रहरूमा हुनसक्ने घटनाहरूको न्यूनिकरणका उपायबारे आवश्यक छलफल र परामर्श गरिएको थियो।

कार्यक्रमले पुनःस्थापना केन्द्रहरूलाई अझ व्यवस्थित र प्रभावकारी रूपमा सञ्चालन गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *