वीरगञ्जमा ३४० लिटर घरेलु मदिरा सहित गाडी र दुईजना पक्राउ

समाचार

पर्सा, ५ फागुन –

जिल्ला पर्सा, वीरगञ्ज महानगरपालिका वडा नम्बर १४ गण्डकस्थित सडकखण्डमा प्रहरीले ठूलो मात्रामा घरेलु मदिरा बरामद गरेको छ। परवानीपुरबाट वीरगञ्जतर्फ आउँदै गरेको ना.८ ख २४०५ नम्बरको वींगर गाडीलाई चेकजाँच गर्ने क्रममा प्रहरीले गाडीभित्र लुकाइछिपाई राखिएको करिब ३४० लिटर तयारी घरेलु मदिरा फेला पारेको हो।

घटनास्थलबाट गाडी चालक मकवानपुर, भीमफेदी गाउँपालिका वडा नम्बर १ निवासी ३० वर्षीय आकाश ब्लोन र बारा, जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २१ निवासी ३५ वर्षीया सानुमाया तामाङलाई पक्राउ गरिएको छ। बरामद मदिरा र गाडी आवश्यक कारबाहीका लागि आन्तरिक राजस्व कार्यालय, घडिअर्वा, वीरगञ्जमा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *