सशस्त्र प्रहरीद्वारा अवैध रूपमा नेपाल ल्याइँदै गरेका २ वटा पाडी नियन्त्रणमा

समाचार

पर्सा, फागुन ९ ।

सशस्त्र प्रहरी बल पर्साअन्तर्गत प्रस्तावित सीमा सुरक्षा गुल्म भिखमपुर पिपराले शुक्रबार बिहान ७:३५ बजे दुई वटा पाडी नियन्त्रणमा लिएको छ।

गुल्म भिखमपुर पिपराका निमित्त गुल्मपति सशस्त्र प्रहरी निरीक्षक नरेन्द्र बहादुर बिष्टको नेतृत्वमा खटिएको टोलीले पर्सा जिल्लाको धोबिनी गाउँपालिका–२ मा पर्ने घोडढौडा सीमाना नाकाबाट अन्दाजी रु. २० हजार बराबरको दुई वटा पाडी पक्राउ गरेको हो।

सशस्त्र प्रहरीका अनुसार भारतबाट अवैध रूपमा नेपालतर्फ ल्याउँदै गर्दा प्रहरीको गस्ती टोली देखेर पाडी छोडेर व्यक्ति भागेका थिए। पक्राउ परेका पाडीहरूलाई भन्सार कार्यालयमा बुझाउने प्रक्रिया अघि बढाइएको गुल्म भिखमपुर पिपराले जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *