वीरगञ्ज ,१५ फागुन ।
नेकपा (माओवादी केन्द्र)को मधेस प्रदेश कमिटीमा पर्साबाट ४ जना विद्यार्थी नेता सिफारिस भएका छन्।
पार्टीको केन्द्रीय कार्यालयले अनेरास्ववियू (क्रान्तिकारी) का सचिव महमद जुबैर आलमसहित ४ जनालाई प्रदेश समितिको सदस्यका लागि सिफारिस गरेको हो।
प्रदेश सदस्यमा सिफारिस हुनेहरूमा संगठनका उपमहासचिव प्रभाकर गुप्ता, सचिव इशक कुमार पासवान, र शिवम कुमार रहेका छन्।
यो सिफारिसलाई पार्टीभित्र सकारात्मक रूपमा हेरिएको छ भने विद्यार्थी नेताहरूको भूमिकालाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।
