स्ववियु निर्वाचनमा सहभागिताका लागि जनमत विद्यार्थी संघद्वारा संगठन दर्ता

राजनीति समाचार

वीरगञ्ज, फाल्गुन २०।

वीरगन्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसमा जनमत पार्टी निकट जनमत विद्यार्थी संघले स्ववियु निर्वाचनमा भाग लिन संगठन दर्ता गराएको छ।

विद्यार्थी जिल्ला अध्यक्ष वीवेक झा र स्ववियु सभापति उम्मेदवार राज साहको नेतृत्वमा गएको टोलीले संगठन दर्ता गराएको हो। यहीँ चैत ५ गते हुने स्ववियु निर्वाचनमा जनमत विद्यार्थी संघले सक्रिय रूपमा भाग लिने तयारी गरिरहेको छ। विद्यार्थी अध्यक्ष झाले संगठनको प्रभावशाली उपस्थिति रहने दाबी गरेका छन्।

संगठन दर्ता कार्यक्रममा विद्यार्थी नेता एवं कोषाध्यक्षका उम्मेदवार सलमान देवान, विद्यार्थी जिल्ला उपाध्यक्ष अंकित चौधरी, इकाई उपाध्यक्ष निर्मल मिश्रसहित आजाद हुसैन, गौतम यादव, आदित्य सरार्फ, अञ्जली साह, सक्षम पटेल लगायतका विद्यार्थी नेताहरूको उपस्थिति रहेको थियो।

त्यसैगरी, जनमत पार्टीका तर्फबाट युवा जिल्ला अध्यक्ष उदय यादव, उपाध्यक्ष सिकेन्द्र राम, धिरेन्द्र पन्जियारलगायत नेताहरूको पनि सहभागिता रहेको थियो।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *