८ किलो २५२ ग्राम लागू औषधसहित दुई जना पक्राउ

समाचार

बारा, चैत्र १६।

बारा जिल्लाको जीतपुर सिमरा उप-महानगरपालिका वडा नं. १ स्थित राजमार्गमा सशस्त्र प्रहरी बल नेपाल, राजस्व प्रहरी इकाई पथलैयाबाट खटिएको टोलीले ८ किलो २५२ ग्राम लागू औषध अफिम जस्तो पदार्थसहित दुई जनालाई पक्राउ गरेको छ।

चैत्र १५ गते दिउँसो करिब ३:०० बजे बा.प्र. ०१-०२९ च ५४१४ नम्बरको कारलाई रोकि जाँच गर्ने क्रममा लुकाइछिपाई राखिएको उक्त लागू औषध फेला परेको थियो। पक्राउ परेका व्यक्तिहरू मकवानपुर, हेटौंडा उप-महानगरपालिका वडा नं. १२ निवासी ४४ वर्षीय मिलन भोलान र ४७ वर्षीय गोपाल प्रसाद गौतम रहेका छन्।

प्रहरीले उनीहरूलाई बरामद लागू औषधसहित आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय, बारामा बुझाएको जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *