पर्सा, चैत २५।
जिल्ला पर्सा, बिन्दवासिनी गाउँपालिका–३ झौवा स्थित सीमा इलाकामा चैत २५ गते राति करीब १:३० बजेको समयमा भारततर्फ अबैध रूपमा लैजाँदै गरिएको बोईलर कुखुराको चल्ला र मोटरसाइकल सशस्त्र प्रहरी पर्साले बरामद गरेको छ।
सीमा सुरक्षा गुल्म, अलौबाट खटिएको सशस्त्र प्रहरी नायब उपरीक्षक कृष्ण सिंह पुजाराको कमाण्डमा रहेको पाँच सदस्यीय मोबाइल गस्ती टोलीले BR 05 AS 8826 नम्बरको मोटरसाइकलमा लोड गरिएका १,५०० गोटा (२५ काटुन) बोईलर कुखुराको चल्ला बरामद गरेको हो। बरामद चल्लाको अनुमानित मूल्य रू. ७५,००० र मोटरसाइकलको मूल्य रू. १,५०,००० गरी जम्मा रू. २,२५,००० बराबरको सामान बरामद गरिएको जनाइएको छ।
प्रहरीलाई देखेपछि तस्कर व्यक्ति फरार भएको र बरामद सामानलाई गुल्ममा ल्याई नष्ट गर्ने प्रक्रियामा राखिएको सीमा सुरक्षा गुल्म, अलौले जनाएको छ।मोटरसाइकललाई आवश्यक कानुनी प्रक्रिया पूरा गरि भन्सार बुझाउने गुल्मका डिएसपी पुजाराले जनाएका छन् ।
