सिरहा, २७ चैत । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जनताको जरासम्म फैलिएको पार्टी भएकाले एमालेलाई कसैले हल्लाउन नसक्ने बताएका छन्।
सो पार्टीको सिरहा जिल्लाको ११ औँ अधिवेशनलको उद्घाटनसत्रलाई मंगलवार सिरहा बजारमा सम्बोधन गर्दै उनले देश र जनताको हितबाहेक एमालेसँग अरु कुनै स्वार्थ नभएकाले देश जोगाउने पार्टी एमाले भएकाले आम कार्यकर्ता र शुभेच्कुहरुले एमाले विरोधी भुलभुलैयामा नलाग्न आग्रह गरे ।
“हाम्रो पार्टीलाई कसैले भित्तामा राख्छौँ भने, कसैले धुलो चटाउँछौँ भने, कसैले के भने तर एमालेलाई कसैले हल्लाउन सक्दैन भन्ने कुरा हामीप्रति जनताको उत्साहबाट स्पष्ट हुन्छ ।”, प्रधानमन्त्री ओलीले भने, “मैले विगतमा प्रधानमन्त्री हुँदा सुनकोसी मरिन डाइभर्सन, हुलाकी राजमार्ग, शिक्षा र स्वास्थ्यमा सुधारका कार्यक्रम सुरु गरेँ । मधेसका समस्याहरु मलाई बढी थाहा छ । तिनको समाधानका लागि केन्द्र सरकारको तर्फबाट गर्नुपर्ने कुराहरुमा सरकार प्रतिबद्ध रहेको कुरा आजै मैले मधेस प्रदेशसभाको सम्बोधनमा स्पष्ट गरिसकेको छु ।”
प्रधानमन्त्री ओलीले राजतन्त्र फर्कन्छ भन्ने कसैको सपना पूरा नहुने स्पष्ट गर्दै यही चैत १५ गतेको अराजक गतिविधिबाट राजतन्त्रपक्षधरको वास्तविकता देखिसकिएकाले आगजनी र तोडफोड गर्ने मान्छेहरुका हातमा शासन नजाने र दिन नहुने बताए।
“तपाईँहरु ढुक्क हुनुस् । राजतन्त्र कुनै हालतमा फर्कँदैन । एमाले र काँग्रेसजस्ता पुराना र ठुला पार्टीको सरकारले यो संविधान र व्यवस्थाको रक्षा गर्दै जनतालाई समृद्धि र सुशासन दिएर छाड्छ ।”, उनले भने, “यो सरकार चुनावसम्म टसमस हुँदैन । अबको १५ महिनापछि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई म हस्तान्तरण गर्छुु । सरकार अहिले ढल्छ, भरे ढल्छ भन्नेहरु अब थाके । यो मजबुद सरकार हो ।”
अधिवेशनबाट सर्वसम्मत र परिपक्व नेतृत्व चयन गर्न आग्रह गर्दै अध्यक्ष ओलीले विरोधीलाई देखाउनका लागि प्यानल बनाएर गुटबन्दी गर्नु आवश्यक नभएको बताए।
कार्यक्रममा जनता समाजवादी पार्टीबाट निर्वाचित धनगढीमाइ नगरपालिका वडा नम्बर ७ का अध्यक्ष विजयकुमार सिंह, वडा सदस्यहरुसहित तथा अन्य पार्टीबाट समेत गरी करिव पाँच सय जनालाई अध्यक्ष ओलीले प्रवेश गराए ।
उद्घाटनसत्रमा एमालेका सचिव रघुवीर महासेठ, मधेस प्रदेश इञ्चार्ज लीलानाथ श्रेष्ठ, मधेस प्रदेशसभाका एमाले संसदीय दलका नेता सरोजकुमार यादवलगायतले शुभकामना मन्तव्य दिए।
अधिवेशन उद्घाटनअघि प्रधानमन्त्री ओलीले सिरहा बजारमा रहेको शहिद हेमनारायण यादवको शालिकका माल्यार्पण गरेका थिए भने प्रधानमन्त्री ओलीले सूर्यनारयण सत्यनारायण मरवैता यादव बहुमुखी क्याम्पसको नवनिर्मित सभा मञ्चको पनि उद्घाटन गरे।
राजतन्त्रबादीहरुको वास्तविक अवस्था चैत १५ गते नै उदाङ्गो भईसकेको छ : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले राजतन्त्रबादीहरुको वास्तविक अवस्था जनआन्दोलनको नाममा चैत १५ गते भएकोे विध्वन्सकारी गतिविधिले उदाङ्गो भएको बताएका छन्।
नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले पार्टीको ११ औं सिरहा जिल्ला अधिवेशन उद्घाटन समारोहलाई सम्वोधन मंगलबार गर्दै १५ गतेको कृयाकलापले उनीहरुको वास्तिाविक चरित्र उदाङ्गिएको बताएका हुन्।
उनले अवका जनताले यस्ता खालका गतिविधीलाई स्वीकार गर्न नसक्ने यबताए। प्रधानमन्त्री ओलीले भने, ‘यस्ता खालका विध्वसंकारी तत्वलाई कुनै पनि हालतमा स्वीकार गर्न सकिदैन। हामीले स्वीकार गर्नु पनि हुँदैन। त्यसको लागि तपाईं हामी सवै मिलाएर सहि जवाफ दिनै पर्छ।’
‘राजतन्त्र फर्कीने कुनै सम्भावना नै छैन, अर्काको घरमा आगो लगाउने, औषधी उद्योगमा आगो झोस्ने, मिडियामा आक्रमण गर्ने तत्वको हातमा सत्ता पुग्यो भने के हुन्छ होला?’ प्रधानमन्त्री ओलीले प्रतिप्रश्न गरे, ‘राजतन्त्र फर्किन्छ भन्ने कुरा राती देखेको सपना होइन, दिउसै घामलागेको बेला देखेको सपना हो। दिउँसो देखेको सपना कहिल्यै पुरा हँदैन। राजतन्त्र कुनै हालतमा फर्कदैंन।’
ठूलो वलिदानी पस्ता प्राप्त यो व्यवस्था सवैभन्दा उत्कृष्ट भएको प्रधानमन्त्री ओलीले ठोकुवा गरे। उनले भने, ‘यो दुनियाकै उकृष्ट व्यवस्था हो। समाजिक न्याय, समानता, न्याय र सुशासनको पक्षमा हाम्रो ध्यान जनु पर्छ। यसको विकल्पको परिकल्पना सम्म गर्न सकिंदैन।’
मन्तव्यकै क्रममा प्रधानमन्त्री ओलीले देशका ठूला र पुरानो पार्टी मिलेर सरकार चलाई रहेकोले यो सरकार चुनावसम्मै जाने बताए। उनले भने, ‘देशको सवैभन्दा ठूलो र पुनानो पार्टीहरु नेकपा एमाले र नेपाली काँग्रेससहित अरु पार्टीपनि मिलेर यो सरकार बनेको छ। सरकार चुनावसम्मै जान्छ। आजै सरकार ढल्छ। भरै सरकार ढल्छ भन्नेहरु पनि थाकीसके। नेतृत्व फेरबदल हुनसक्छ। तर, सरकार चुनावसम्मै जान्छ।’
उनले जिल्लाको नेतृत्व सवैलाई स्वीकार्य हुने र सकेसम्म सर्वसम्मत रुपमा नेतृत्व चयन हुने विश्वास व्यक्त गरे। उनले भने, ‘सहमति लोकतन्त्रको अझै उन्नत रुप हो सहमति र सहकार्य भएकोले साथिहरुले आफ्नो मूल्याङ्कन गर्नुहोस र अरु साथिहरुको कामको मूल्याङ्न गर्नुहोस्। त्यसैको आधारमा नेतृत्व चयन गर्दा उतम हुन्छ।’
‘एकतावद्धरुपमा जान नसक्ने अवस्था भयो भने चुनावमा जानुस्, त्यसले पनि केही विग्रदैन। तर प्यानल बनाएर, गुठ खडागरेर चुनावमा जानु उचित हुन्न। यसले पार्टीभित्रै गुठको अवस्था सृजना हुन्छ। र, पार्टीभित्रै विरोधीदेख्ने अवस्था हुन्छ। त्यस्ता कार्य हामीले गर्नु हुन्न; अध्यक्ष ओलीले भने।
