रसीद आलम
बिरगंज, ७ बैशाख – सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हे.क्वा., पर्साद्वारा आयोजित १८औं स्थापना दिवस–२०८२ को वार्षिक उत्सव समारोहमा प्रस्तावित सीमा सुरक्षा गुल्म, बिरगंजका गुल्मपति डिएसपी लोकेन्द्र सुब्बालाई प्रशंसा-पत्रद्वारा सम्मान गरिएको छ।
सशस्त्र प्रहरी मधेस प्रदेशका प्रमुख डिआईजी कालिदास धौवद्वारा प्रदान गरिएको उक्त प्रशंसा-पत्रमा डिएसपी सुब्बाले सीमा सुरक्षा तथा राजस्व संकलनमा पुर्याएको उल्लेखनीय योगदानको उच्च प्रशंसा गरिएको छ।
डिएसपी सुब्बाले चार महिनाको कमान्डिङ अवधिमा तस्करी नियन्त्रण गर्दै करिब साढे चार करोड बराबरको अबैध सामान र सवारी साधन नियन्त्रणमा लिई भन्सार दाखिला गराइ राजस्व संकलनमा महत्वपूर्ण भूमिका खेलेका छन् ।
यसअघि पनि डिएसपी सुब्बालाई २०८१ माघ ८ गते सशस्त्र प्रहरी दिवसको अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालद्वारा IG APF Commendation प्रदान गरिएको थियो। संगठनका कार्यादेशहरू प्रभावकारी ढंगले कार्यान्वयन गर्दै सशस्त्र प्रहरी बलको गरिमा उच्च बनाएको भन्दै उक्त सम्मान प्रदान गरिएको हो।
सशस्त्र प्रहरी बलले आगामी दिनमा पनि डिएसपी सुब्बाबाट यस्तै उत्कृष्ट कार्यको अपेक्षा गरेको जनाएको छ।
