बिरगंजमा जनमत पार्टीद्वारा बृहत् पार्टी प्रवेश कार्यक्रम।

राजनीति समाचार

पर्सा ।रसीद आलम।

बिरगंजमा जनमत पार्टीले पार्टी प्रवेश कार्यक्रम गरेको छ् ।शनिबार जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सिके राउतको प्रमुख आतिथ्यतामा टाउन हलमा आयोजित सो प्रवेश कार्यक्रममा पूर्व कृषिराज्य मन्त्री एवं संविधानसभा सदस्य करिमा बेगम,नेकपा एकीकृत समाजवादीका नेता एवं पूर्व प्रदेशसभा सदस्य प्रल्हाद गिरी, लोसपाका केन्द्रीय सदस्य शशीकपुर मियाँ,  लोसपाका नेता सुधिरनाथ पाण्डे, नेकपा माओवादीका केन्द्रीय सदस्य सिपु तिवारी लगायत विभिन्न पार्टी परित्याग गरी  दर्जनौं प्रभावशाली नेता सहित हजारौं भन्दा बढी नेता कार्यकर्ताहरु जनमत पार्टीमा प्रवेश गरेका जनमत पार्टी पर्साले जनाएको छ।

जनमत पार्टीका अध्यक्ष डा. राउतले फुलमाला लगाएर नव प्रवेशिकालाई पार्टीको सदस्यता पत्र प्रदान गरि पार्टीमा स्वागत गरेका थिए ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *