बारा, १४ बैशाख
सशस्त्र प्रहरी बल, सुरक्षा बेस जितपुरले चेकजाँचको क्रममा भन्सार छली गरी ल्याइएका खजुर बरामद गरेको छ। बेसका डीएसपी प्रकाश भट्टको नेतृत्वमा खटिएको टोलीले पर्साको बिरगंज बसपार्कबाट काठमाडौँ जाँदै गरेको यात्रुबाहक बसलाई जितपुर सिमरा उपमहानगरपालिका–२ स्थित चेकपोस्टमा जाँच गर्दा करिब १ लाख १ हजार ६ सय रुपैयाँ बराबरको १९० किलो अवैध खजुर फेला पारेको हो।
बरामद गरिएको खजुर आवश्यक कानुनी कारबाही तथा थप अनुसन्धानका लागि बिरगंज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी बल बाराले जनाएको छ।
