नक्कली नोटसहित एक जना पक्राउ

समाचार

मोरङ, १७ बैशाख । नक्कली नोट सहित एक जना पक्राउ परेका छन् ।

विराटनगर महानगरपालिका–१३ बाट भारतीय ५ सय दरका ७ थान नक्कली नोट सहित भारत बिहार अररिया बस्ने १९ वर्षीया सिम्पी बैसन्तिलाई प्रहरीले पक्राउ गरेको हो ।

 

सोही ठाउँस्थित किराना पसलमा सिम्पीले सामान किने पश्चात नक्कली नोट दिएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले उनलाई उक्त नक्कली नोटसहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *