बाराको निजगढमा दाउ प्रहार, एक जना घाइते, आरोपी पक्राउ

समाचार

बारा, असार २२ । बाराको निजगढ नगरपालिका–१ गोरुबजारमा सामान्य विवादले उग्र रूप लिँदा दाउ प्रहारबाट एक जना घाइते भएका छन्।

प्रहरीका अनुसार सोमबार  बिहान करिब ११ः५० बजे स्थानीय ५० वर्षीय धनबहादुर घिमिरे र ४० वर्षीय मानबहादुर योन्जनबीच भएको विवादका क्रममा धनबहादुरले मासु काट्ने दाउ प्रहार गरेका थिए।

दाउ प्रहारबाट मानबहादुर योन्जनको टाउको र घाँटीमा गम्भीर चोट लागेको छ। उनको मध्यम सिटी अस्पताल, निजगढमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
घटनालगत्तै दाउ प्रहारमा संलग्न धनबहादुर घिमिरेलाई प्रहरीले नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय निजगढमा राखेको छ।

घटनापछि इलाका प्रहरी कार्यालय निजगढबाट प्रहरी निरीक्षक दाताराम अधिकारीको कमाण्डमा ५ जना तथा अस्थायी प्रहरी पोस्ट सिगोलबाट प्रहरी सहायक निरीक्षक मनोज तिवारीको कमाण्डमा २ जना प्रहरी परिचालन गरिएको थियो।

घटनाको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *