बारा, वैशाख २०।
भारतबाट नेपालतर्फ भन्सार छली गरी ल्याइएको करिब ५४,२०० रुपैयाँ बराबरको अटो पार्ट्ससहितको सामान प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्ला बारा, परवानीपुर गाउँपालिका–५, गण्डक चोकस्थित स्थानमा भारतबाट भन्सार छल्दै फेटा हुँदै बिरगञ्जतर्फ गइरहेको BR 22 S 6291 नम्बरको मोटरसाइकलमा ल्याइँदै गरेको समानहरू इलाका प्रहरी कार्यालय प्रसौनी, बाराबाट प्रहरी निरीक्षक टुपेन्द्र श्रेष्ठको कमाण्डमा खटिएको प्रहरी टोलीले बरामद गरेको हो।
प्रहरी टोलीलाई देखेपछि उक्त मोटरसाइकल चालक समानसहितको मोटरसाइकल छाडेर फरार भएको थियो। उक्त मोटरसाइकल र सामान नियन्त्रणमा लिइ इलाका प्रहरी कार्यालय प्रसौनीमा राखिएको छ भने फरार व्यक्तिको खोजी कार्य जारी रहेको बारा प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार बरामद गरिएको सामानको विवरण निम्नानुसार छः
१. Vulcan Arm Bush – ८ पिस, अनुमानित मूल्य: रू. १३,०००
२. Gear Box Mounting – ६ पिस, अनुमानित मूल्य: रू. १०,०००
३. Rr Susp B5g Kit – १ पिस, अनुमानित मूल्य: रू. ७,२००
४. Arm Bush Front Eye – ३ पिस, अनुमानित मूल्य: रू. १,५००
५. Engine Mounting R.H – ६ पिस, अनुमानित मूल्य: रू. २०,०००
६. Rear Spring Bush – २ पिस, अनुमानित मूल्य: रू. २,५००
जसको जम्मा अनुमानित मूल्य: रू. ५४,२००।– रहेको तथा बरामद मोटरसाइकलको अन्दाजी ४० हजार मुल्यांकन गरिएको प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिए।
