निजगढमा लागु औषधसहित पाँच जना पक्राउ

समाचार

बारा, ५जेठ । आइतबार जेठ ४ गते दिउँसो ४:०० बजे इलाका प्रहरी कार्यालय निजगढ, बाराको टोलीले लागु औषधसहित पाँच जनालाई पक्राउ गरेको छ।

विशेष सुराकीको आधारमा जिल्ला बारा निजगढ नगरपालिका–४, मौरी खोला क्षेत्रमा प्रतिबन्धित लागु औषध खरिद–बिक्री भइरहेको सूचना पाएपछि प्रहरी निरीक्षक जीवन लामिछानेको नेतृत्वमा खटिएको प्रहरी टोलीले शंका लागेका पाँच जनालाई चेकजाँच गरेको थियो।

शरीर र उनीहरूले बोकेको झोलाको चेकजाँच गर्दा प्रतिबन्धित लागु औषध ट्रामाडोल ५० लेखिएको ५७ पत्ता (जसमध्ये ५ पिस सेवन भइसकेको), ५६५ पिस बाँकी, एन्टिकफ ट्याब्लेट ५ पत्ता (५० पिसमध्ये ७ पिस सेवन, ४३ पिस बाँकी), र डिभोक्सिन–१० लेखिएको ट्याब्लेट ५ पत्ता (५० पिसमध्ये ४ पिस सेवन, ४६ पिस बाँकी) बरामद गरिएको हो।

पक्राउ पर्नेहरू निम्नानुसार छन्:

१) मकवानपुर, बकैया गाउँपालिका–६, भालुखोला निवासी प्रेम कुमार योञ्जनका छोरा विजय योञ्जन (उमेर करिब २५ वर्ष)
२) बारा, निजगढ नगरपालिका–१०, चौकीटोल निवासी डिल बहादुर वाईबाका छोरा प्रेम वाईबा (उमेर करिब २८ वर्ष)
३) निजगढ नगरपालिका–१०, चौकीटोल निवासी नेत्र बहादुर थिङका छोरा धन बहादुर थिङ (उमेर करिब २२ वर्ष)
४) निजगढ नगरपालिका–१०, चौकीटोल निवासी दौलतसिंह घलानका छोरा ज्ञान बहादुर घलान (उमेर करिब ३० वर्ष)
५) निजगढ नगरपालिका–१०, बिच टोल निवासी लक्ष्मण दुलालका छोरा अमृत दुलाल (उमेर करिब २४ वर्ष)

पक्राउ परेकाहरूलाई लागु औषधसहित नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय निजगढमा राखिएको छ भने यस सम्बन्धमा थप अनुसन्धान भइरहेको बारा प्रहरीले जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *