पर्सामा सवारी दुर्घटना : मोटरसाइकल चालकको मृत्यु, पछाडि सवार घाइते

समाचार

 मृत्यु हुनेमा बिरगंज -१६ नगवाका एक युवक हुन।

रसीद आलम,पर्सा, १० जेठ । पर्सा जिल्लाको बिरगंज महानगरपालिका वडा नं. १७ अलौस्थित सडकमा आज अपराह्न भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ भने अर्का एक व्यक्ति घाइते भएका छन्।

मिति २०८२ साल जेठ १० गते अन्दाजी ४:१० बजे बिरगंजबाट अलौतर्फ गइरहेको BR 05 L 8159 नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आइरहेको ना.७ ख.९४२९ नम्बरको टिपरले ठक्कर दिँदा मोटरसाइकल चालक बिरगंज म.न.पा. वडा नं. १६, नगवा टोलका २२ वर्षीय छोटु साह सोनार गम्भीर घाइते भए।

उनी टाउको र छातीमा गम्भीर चोट लागेर उपचारको लागि निलकण्ठ अस्पताल, पावरहाउस, बिरगंजमा लगिएको थियो। तर उपचारकै क्रममा ४:२० बजे मृत्यु भएको प्रहरीले जनाएको छ।

उक्त मोटरसाइकलमा पछाडि सवार बिरगंज म.न.पा. वडा नं. २९, रतनपुर टोल निवासी २९ वर्षीय शुकुरुला अंसारीको कमर र दुबै खुट्टामा चोट लागी घाइते भएका छन्। हाल उनी नेशनल मेडिकल कलेज, बिरगंजमा उपचाररत छन् र उनको अवस्था मध्यम रहेको जनाइएको छ। उपचारमा उनका पिता संलग्न छन्।

दुर्घटनापछि घटनास्थलमा प्रहरी टोली खटिएको थियो। दुर्घटनामा संलग्न टिपर र त्यसका चालक बारा, कलैया उपमहानगरपालिका वडा नं. १६ निवासी ३२ वर्षीय कृष्ण प्रसाद पटेललाई नियन्त्रणमा लिई व.प्र.का श्रीपुर पठाइएको छ।

घटनाको थप अनुसन्धानका लागि प्रहरी निरीक्षकको कमाण्डमा टोली खटिई अनुसन्धान कार्य जारी रहेको पर्सा प्रहरीले जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *