बिरगंज महानगरपालिकाद्वारा मेलमिलाप सम्बन्धी आधारभूत तालिम सम्पन्न

समाचार

बिरगंज, असार १४ ।
बिरगंज महानगरपालिका अन्तरगत न्यायिक समितिको आयोजनामा मेलमिलाप सम्बन्धी आठ दिवसीय (४८ घण्टा) आधारभूत तालिम सफलतापूर्वक सम्पन्न भएको छ।

उक्त तालिममा महानगरपालिका क्षेत्रका विभिन्न स्थानहरूबाट आएका सहभागीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। तालिमको समापन कार्यक्रम महानगरपालिका उपप्रमुख तथा न्यायिक समितिका संयोजक इम्तियाज आलमको अध्यक्षतामा सम्पन्न भएको हो।

कार्यक्रममा न्यायिक समितिका सदस्यहरू सर्जु महतो र बैजु स्वर्णकारको समेत उपस्थिति रहेको थियो। समापन अवसरमा उपप्रमुख आलमले न्यायिक समितिद्वारा हालसम्म सम्पन्न कार्य तथा मेलमिलापमार्फत समाधान गरिएका मुद्दाहरूको बारेमा जानकारी गराउँदै, “हाम्रो प्रयास मुद्दाहरूलाई मेलमिलाप प्रक्रियाबाट समाधान गरी सम्बन्ध सुधार गर्दै अगाडि बढाउने हो,” भनी उल्लेख गर्नुभयो।

कार्यक्रमको जानकारी उपप्रमुखका प्रेस सल्लाहकार महमद सदाबले दिनुभएको हो।
समापन समारोहमा उपप्रमुख आलमले सहभागीहरूलाई प्रमाणपत्र वितरण गर्नुभएको थियो। कार्यक्रममा महिला तथा पुरुष दुवैको उल्लेखनीय उपस्थिति रहेको थियो।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *