चोरी गरिएको मोटरसाइकलसहित एक जना मोटरसाइकल चोर पक्राउ

समाचार

पर्सा, असार १७ ।
जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं. ३१ कोनिया टोलबाट चोरी भएको मोटरसाइकलसहित एक जना युवकलाई प्रहरीले पक्राउ गरेको छ।

प्राप्त जानकारीअनुसार मिति २०८२ असार ९ गते साँझ करिब ८ बजे कोनिया टोलमा रहेको बिजय पटेलको घर अगाडि पार्किङ गरिएको मोटरसाइकल चोरी भएको थियो। उक्त मोटरसाइकल रामज्ञा साहको नाममा दर्ता रहेको मधेश प्रदेश ०३-०३५ प ७७४५ नम्बरको कालो रङको सुपर स्प्लेंडर थियो।

घटना सम्बन्धमा पर्सा जिल्ला प्रहरी कार्यालय अन्तर्गत मिलनचोक प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले मिति २०८२ असार १५ गते साँझ ८:३० बजे वीरगञ्ज महानगरपालिका वडा नं. ३१ स्थित क्षेत्रबाट उक्त मोटरसाइकलसहित एक युवकलाई नियन्त्रणमा लिएको हो।

पक्राउ परेका व्यक्ति वीरगञ्ज महानगरपालिका वडा नं. ३२ निवासी १९ वर्षीय विध्यानन्द महतो रहेको जिल्ला प्रहरी कार्यालय, पर्साका प्रवक्ता डिएसपी किशोर लम्सालले जानकारी दिए।

नियन्त्रित महतोमाथि चोरीसम्बन्धी कसुरमा पर्सा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *