वीरगञ्जमा मागेर हिँड्ने व्यक्ति मृत फेला, अनुसन्धान जारी

समाचार

वीरगञ्ज,  साउन २  ।
जिल्ला पर्साको वीरगञ्ज महानगरपालिका–१६ स्थित भन्सार मेनगेटदेखि करिब २०० मिटर उत्तरतर्फको सडक किनारमा मागेर हिँड्ने एक पुरुष मृत अवस्थामा फेला परेका छन्।

मृतकको परिचय जिल्ला सुनसरी, ईनरुवा घर भई हाल वीरगञ्ज क्षेत्रमा मागेर जीवनयापन गर्दै आएका अन्दाजी ५० वर्षीय कृष्ण सुवेदीको रूपमा खुलेको प्रहरीले जनाएको छ।

आज बिहान करिब ११:५० बजेको समयमा सडकको बाँया साइडमा उनको शव फेला परेको हो। घटनास्थलमा सशस्त्र प्रहरी बल गुल्म वीरगञ्जबाट स.प्र.ना.नि. देव नारायण ठाकुरको कमाण्डमा ९ जना र प्रहरी चौकी ईनरुवाबाट प्र.ना.नि. रोशन कार्कीको कमाण्डमा ९ जनाको संयुक्त टोली परिचालन गरिएको थियो।

शवलाई आवश्यक प्रक्रिया पूरा गरी पोष्टमार्टमका लागि नारायणी अस्पताल पठाइएको छ। घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *