बारा, ३ साउन ।
समाजमा बढ्दो आपराधिक र अबैध गतिविधिमाथि नियन्त्रण गर्ने लक्ष्यसहित काम गरिरहेको इलाका प्रहरी कार्यालय सिमरा, बाराले जुवातास खेलिरहेका ९ जनालाई नगदसहित पक्राउ गरेको छ। जिल्ला बारा जीतपुर सिमरा उपमहानगरपालिका वडा नं. २ स्थित जानकी टोलमा तास (जुवा) खेलिरहेको गोप्य सूचनाको आधारमा प्रहरीले छापा मार्दै उक्त व्यक्तिहरुलाई नियन्त्रणमा लिएको हो।
प्रहरीको यो कारवाही डिएसपी वेद प्रकाश जोशीको नेतृत्वमा भएको हो। सिमरा प्रहरीको कमान्ड सम्हालेको शुरुवातदेखि नै डिएसपी जोशीले अबैध गतिविधि, तस्करी, लागुऔषध कारोबार तथा सामाजिक अपराध नियन्त्रणमा कठोर कार्यनीति अपनाउँदै समाजमा शान्ति सुरक्षाको प्रत्याभूति दिलाउँदै आएका छन्।
विशेष सूचनाको आधारमा कारवाही
मिति २०८२ साल श्रावण ३ गते, अन्दाजी दिउँसो ३:०० बजेको समयमा जानकी टोल निवासी केशव सुनुवारको घरमा तेस्रो तलाको कोठाभित्र तास खेली रहेको भन्ने विशेष सुराकीका आधारमा इलाका प्रहरी कार्यालय सिमराबाट डिएसपी जोशीको निर्देशनमा प्रहरी निरीक्षक (प्र.नि.) को कमाण्डमा प्रहरी टोली खटिएको थियो। टोलीले सो घरमा खानतलासी गर्दा ९ जना व्यक्तिहरु तास खेलिरहेको अवस्थामा फेला परेका थिए।
उक्त स्थानबाट प्रहरीले जुवा खेल्दाखेरी प्रयोग गरिएको तास, रु. १,५४,६८० (एक लाख चौवन्न हजार छ सय अस्सी रुपैयाँ) नगद, र खेलमा संलग्न ९ जनालाई नियन्त्रणमा लिई अनुसन्धान प्रक्रिया अगाडि बढाएको जानकारी बाराका प्रहरी स्रोतले दिएको छ।
पक्राउ पर्ने व्यक्तिहरुको विवरण यस प्रकार छ:
१. सुसन खाती सुनार, उमेर ३० वर्ष, वस्ने – जीतपुर सिमरा उ.म.न.पा. वडा नं. १
२. बलराम विश्वकर्मा, उमेर ४० वर्ष, वस्ने – जीतपुर सिमरा उ.म.न.पा. वडा नं. २
३. सुमन कुमार भट्टराई, उमेर ५६ वर्ष, वस्ने – सोही स्थान
४. अभय कुमार श्रीवास्तव, उमेर ४१ वर्ष, वस्ने – सोही स्थान
५. केशव सुनुवार, उमेर ४१ वर्ष, वस्ने – जानकी टोल, वडा नं. २ (घटनास्थलको घरधनी)
६. थहल बहादुर विश्वकर्मा, उमेर ५२ वर्ष, वस्ने – वडा नं. २
७. शिवजी प्रसाद साह, उमेर ५४ वर्ष, वस्ने – सोही स्थान
८. राजकुमार भट्टराई, उमेर ५१ वर्ष, वस्ने – वडा नं. १
९. बलराम कुमार क्षेत्री, उमेर ५९ वर्ष, वस्ने – वडा नं. २
प्रहरीले घटनास्थलमा बरामद भएको नगद, तास र संलग्न सबै अभियुक्तहरुलाई आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ।
समाज सुधारको दिशामा प्रहरीको प्रभावकारी पहल
प्रहरीले यस्ता अबैध गतिविधिमाथि नियमित निगरानी राख्दै जनसहभागितामा आधारित सूचना संकलन प्रणालीलाई बलियो बनाउँदै आएको छ। डिएसपी जोशीको नेतृत्वमा बाराको सिमरा क्षेत्रलाई अपराधमुक्त बनाउने प्रहरीको अभियानले स्थानिय बासिन्दाहरूमा पनि भरोसा बढाएको देखिन्छ।
बाराका प्रहरीका अनुसार यस्ता गतिविधि नियन्त्रणका लागि आगामी दिनमा थप सक्रियता अपनाइनेछ। पक्राउ परेका अभियुक्तहरूलाई कानूनी प्रक्रियाअनुसार कारवाही अगाडि बढाउने तयारी भइरहेको छ।
