बारामा ४ हजार ८ सय प्रतिबन्धित लागू औषध एम्पुलसहित २ जना पक्राउ

समाचार

बारा, साउन  ६ ।
जिल्ला प्रहरी कार्यालय बाराले सिम्रौनगढ नगरपालिका–९, पिठवाबाट ठूलो परिमाणमा प्रतिबन्धित लागू औषधसहित दुई जनालाई पक्राउ गरेको छ।

प्रहरी चौकी कचोर्वाबाट प्रहरी नायब निरीक्षक सोम प्रसाद रिमालको नेतृत्वमा खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको ज ८ प ५४२१ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा उक्त लागू औषध बरामद गरेको हो। मोटरसाइकलको पछाडि सवार व्यक्तिले बोकेको स्याउका दुई कार्टुनमा आपले छोपी लुकाई ल्याइएको अवस्थामा लागू औषध भेटिएको प्रहरी स्रोतले जनाएको छ।

बरामद लागू औषधको विवरण यसप्रकार छ:

  • नोफिन – १६०० एम्पुल
  • फेनारगन – १६०० एम्पुल
  • डाईजोपाम – १६०० एम्पुल
    जम्मा लागू औषध एम्पुल: ४८०० पिस

पक्राउ पर्नेहरूमा:
१. मोटरसाइकल चालक राजेश गुप्ता (उमेर २०), सर्लाही, रामनगर गाउँपालिका–१, धुर्वा टोल निवासी।
२. पछाडि सवार नसिर अंसारी (उमेर २४), बारा, जीतपुर सिमरा उपमहानगरपालिका–७, खड्का टोल निवासी रहेका छन्।

बरामद लागू औषध र मोटरसाइकल प्रहरी नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, बाराले जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *