सशस्त्र प्रहरी बाराद्वारा करिब साढे चार लाख बराबरको अवैध सामान बरामद

समाचार

बारा, २३ साउन ।
सशस्त्र प्रहरी बल नेपाल बाराले मधेस प्रदेश प्रहरी कार्यालयका डिआईजी कृष्ण ढकालद्वारा सञ्चालित तस्करी नियन्त्रण अभियानलाई थप तीव्रता दिँदै जिल्लाका विभिन्न सीमावर्ती क्षेत्रहरूबाट करिब रु. ४,५८,६०० बराबरका अवैध सामग्रीहरू बरामद गरेको छ। उक्त अभियान सशस्त्र प्रहरी बल बारा प्रमुख एसपी खुमबहादुर केसीको सक्रिय नेतृत्वमा सञ्चालन गरिएको हो।

बरामद गरिएका सामग्रीहरूमध्ये लागू औषध गाँजा, अवैध कुखुरा, लत्ताकपडा तथा लेडिज आइटमहरू छन्। विवरण निम्नानुसार रहेको छ:

१. गाँजा बरामद
पचरौता नगरपालिका–१ स्थित मुसहर बस्ती नजिकैको सीमा क्षेत्रबाट सशस्त्र प्रहरी सुरक्षा बेस तेलकुवाले ३२ केजी गाँजा बरामद गरेको छ।

२. लेडिज आइटम बरामद
सिम्रौनगढ नगरपालिका–६, अमरपुर सीमाबाट सशस्त्र प्रहरी बल बीओपी गोलागञ्जको टोलीले रु. १,३२,६०० बराबरको लेडिज आइटमसहित एक थान मोटरसाइकल समेत नियन्त्रणमा लिएको छ।

३. व्रोइलर कुखुरा बरामद
पचरौता नगरपालिका–१ स्थित मुसहर बस्ती नजिकैबाट सीमा सुरक्षा गुल्म पिपरपातीको टोलीले एक थान मोटरसाइकलसहित रु. २,८६,००० बराबरको व्रोइलर कुखुरा बरामद गरेको छ।

४. लत्ताकपडा बरामद
विश्रामपुर गाउँपालिका–३, मुसर्वा सीमा नाकाबाट सशस्त्र प्रहरी बल बीओपी बरैनियाले रु. ४०,००० बराबरको थान कपडा बरामद गरेको छ।

सशस्त्र प्रहरी बल बाराले तस्करी नियन्त्रण अभियानलाई अझ व्यापक बनाउँदै सीमावर्ती क्षेत्रमा निगरानी कडा बनाएको छ। तस्करी गतिविधिहरू रोकथाम गर्न सुरक्षाकर्मीहरूको सतर्कता प्रशंसनीय रहेको बताइएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *