रासायनिक मल पर्याप्त मौज्दात, अभाव भए तुरुन्त जानकारी दिन प्रधानमन्त्री ओलीको आग्रह

राजनीति समाचार

काठमाडौ ,२५ साउन ।

प्रधानमन्त्री केपी शर्मा ओलीले यस वर्ष खेतीपातीको समयमा रासायनिक मलको अभाव नहोस् भनेर सरकारले विशेष ध्यान दिएको बताएका छन्। कृषि मन्त्रालयका अनुसार हाल तत्कालका लागि २८ हजार ८२४ मेट्रिक टन मल मौज्दात छ भने थप १ लाख ४० हजार ५०४ मेट्रिक टन मल आयातको क्रममा छ।

कृषि सामग्री कम्पनीमा हाल २९ हजार १११ मेट्रिक टन मल मौज्दात रहेको छ, जसमा युरिया १६ हजार ५३९ मेट्रिक टन, डिएपी ७ हजार ६५३ मेट्रिक टन र पोटास ४ हजार ९१५ मेट्रिक टन रहेका छन्।

यस्तै साल्ट ट्रेडिङ कम्पनीमा १३ हजार ७१२ मेट्रिक टन मल मौज्दात रहेको छ, जसमा युरिया १० हजार ९८४ मेट्रिक टन, डिएपी ९४२ मेट्रिक टन र पोटास १ हजार ७८५ मेट्रिक टन रहेका छन्।

प्रधानमन्त्री ओलीले मलको आपूर्ति व्यवस्थामा समस्या नआओस् भनेर सरकारले आवश्यक तयारी गरेको उल्लेख गर्दै, कतै अभाव महसुस भए सम्बन्धित निकायलाई तत्काल जानकारी गराउन किसानहरूलाई आग्रह गरेका छन्।

सरकारले किसानलाई खेतबारी हराभरा बनाउन समयमै मल उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *