बीरगंज, ३ भदौ ।
सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म बीरगंजले अवैध सामानसहित एक ई–लोडर भन्सारमा दाखिला गरेको छ।
मिति २०८२ साउन २ गते सशस्त्र प्रहरी नायब उपरिक्षक (डिएसपी) पुरुषोत्तम भण्डारीको कमान्डमा खटिएको टोलीले वीरगंज महानगरपालिका–१६, नगवास्थित भारततर्फबाट अवैध रूपमा ल्याइँदै गरेको सामान बरामद गरेको हो।
ना ३ स ७२९० नम्बरको ई–लोडरमा लुकाई–छिपाई नेपालतर्फ ल्याइँदै गरेको अवस्थामा टोलीले जाँच गर्दा करिब रु. ६७ हजार ५०० मूल्य बराबरको स्मोकी पपिङ क्यान्डी फेला परेको थियो। साथै सो कार्यमा प्रयोग गरिएको ई–लोडरको मूल्य रु. २ लाख ५० हजार मुल्याङ्कन गरिएको छ।
बरामद गरिएको उक्त सामान तथा ई–लोडर गरी कुल रु. ३ लाख १७ हजार ५०० बराबर भई आवश्यक कारबाहीको लागि वीरगंज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी नायव उपरिक्षक तथा सूचना अधिकारी कृष्ण सिंह पुजाराले जानकारी दिए।
