खानेपानी मन्त्री यादवद्वारा SCADA प्रणालीको निरीक्षण, शुद्ध र न्यायोचित पानी वितरणमा जोड

बिदेश राजनीति समाचार

काठमाडौ ,२ पुस ।

खानेपानी मन्त्री प्रदीप यादवले काठमाडौं उपत्यकामा खानेपानीको भरपर्दो, दीगो र न्यायोचित वितरण सुनिश्चित गर्न SCADA प्रणालीको निरीक्षण गरेका छन्।

मन्त्री यादवले काठमाडौं उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी) को पानीपोखरीस्थित SCADA नियन्त्रण कक्षको अनुगमन तथा निरीक्षण गर्दै स्वचालित प्रणालीबाट पानी वितरणको अवस्थाबारे जानकारी लिएका छन्। उनले शुद्ध र सफा खानेपानीको आपूर्ति सुनिश्चित गर्न आवश्यक निर्देशन दिएका छन्।

SCADA प्रणालीमार्फत पानी वितरण, चुहावट नियन्त्रण र सम्बन्धित तथ्याङ्क संकलन भइरहेको जानकारी दिँदै मन्त्री यादवले बाँकी कामलाई शीघ्र सम्पन्न गर्न निर्देशन दिएका छन्। यस प्रणालीले उपत्यकाका नागरिकलाई दीगो र भरपर्दो सेवा प्रदान गर्न सहयोग पुर्‍याउने विश्वास व्यक्त गरिएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *