वीरगञ्ज, ८ भदौ ।
सशस्त्र प्रहरी बल, नेपाल पर्सा मातहत प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्जबाट खटिएको टोलीले लागुऔषध सहित दुई जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ।
मिति २०८२ भदौ ८ गते वीरगञ्ज महानगरपालिका–१६ स्थित नेपाल–भारत मैत्री यात्रुवाहक बस (बा ५ ख १२३७) मा चेकजाँच गर्ने क्रममा उनीहरूलाई पक्राउ गरिएको हो। पक्राउ परेका व्यक्तिहरू भारत, महाराष्ट्र मुम्बईका ४२ वर्षीय अनवर सलाउदिन खान र ४१ वर्षीय मोहम्मद इकबाल सय्यद रहेको प्रहरीले जनाएको छ।
सशस्त्र प्रहरीले उनीहरूको साथमा रहेको झोलाबाट लुकाइ–छिपाइ राखिएको प्रतिबन्धित लागुऔषध गाँजा ६ किलो ४०० ग्राम बरामद गरेको छ। पक्राउ परेका व्यक्तिहरूलाई बरामद गाँजा सहित आवश्यक कारबाहीका लागि वडा प्रहरी कार्यालय बिर्तामा बुझाइएको सशस्त्र प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी सुरज कार्कीले जानकारी दिए।
