पर्सा,१८ भदौ । मधेश प्रदेशका पूर्व मुख्यमन्त्री माननीय लालबाबु राउतले मधेश प्रदेश सरकारको गौरवको योजना “एक प्रदेशसभा निर्वाचन क्षेत्र, ५ किलोमिटर कलोपत्रे सडक” अन्तर्गत पर्सा क्षेत्र नं. १ (ख) मा पर्ने वीरगञ्ज महानगरपालिका–१६, नगवा गाउँमा स्थानीयहरूसँग भेटघाट तथा छलफल गर्नुभएको छ।
सो कार्यक्रममा वडा अध्यक्ष प्रशुराम चौरसियाको अगुवाइमा नगवा गाउँका बासिन्दासँग सडक कार्यक्रमको प्रभावकारी कार्यान्वयनबारे छलफल गरिएको राउतको सचिवालयले जनाएको छ।
राउतले मधेश प्रदेशको समृद्धि र विकासका लागि सडक पूर्वाधारलाई पहिलो प्राथमिकतामा राखी स्थानीय तहसँग मिलेर योजना कार्यान्वयन हुने विश्वास व्यक्त गर्नुभएको छ।
