पर्सा, ८ असोज ।
जिल्ला प्रहरी कार्यालय पर्साको आयोजनामा नयाँ कार्यालय प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुदिप राज पाठकलाई मंगलवार स्वागत तथा “फेरी भेटौला” कार्यक्रम सम्पन्न गरिएको छ ।
नेपाल प्रहरी प्रधान कार्यालय कर्मचारी प्रशासन शाखाले मिति २०८२ भदौ ३१ गते जारी गरेको पत्र अनुसार यसअघि पर्सामा कार्यरत प्रहरी उपरीक्षक गौतम मिश्रलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, आर्थिक प्रशासन तथा प्रबन्ध महाशाखा धनगढी, कैलालीमा सरुवा गरिएको थियो । सो अवसरमा उनलाई फुलमालासहित बिदाई गरी “फेरी भेटौला” कार्यक्रम गरिएको हो ।
उक्त पत्रानुसार सरुवा भई जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यालय प्रमुखका रूपमा हाजिर भएका प्रहरी उपरीक्षक सुदिप राज पाठक र प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतलाई जिल्ला प्रहरी कार्यालय पर्सा तथा मातहत इकाइमा कार्यरत प्रहरी कर्मचारीहरूले फुलमालासहित स्वागत गरेका छन् ।
