बारा सशस्त्र प्रहरीद्वारा ५ लाख बराबरको अवैध सामान बरामद

समाचार

बारा, ८ असोज ।
सशस्त्र प्रहरी बल बाराले विभिन्न स्थानमा सञ्चालन गरेको छापामारी तथा चेकजाँच अभियानमार्फत करिब ५ लाख रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ।

सशस्त्र प्रहरी बल बाराका प्रमुख प्रहरी उपरीक्षक खुम बहादुर केसीको नेतृत्वमा तस्करी नियन्त्रण अभियान अन्तर्गत विभिन्न सिमानाका क्षेत्रमा गरिएको कारबाहीमा निम्न अवैध सामान बरामद भएको होः

१. वि.ओ.पि. गोलागंज : सिम्रौनगढ–७ कवलपुर सीमा क्षेत्रबाट मोटरसाइकलसहित करिब रू. १,६५,००० बराबरको अवैध औषधि र हार्डवेयर सामान।
२. प्रस्तावित सीमा सुरक्षा गुल्म पिपरपातिकोट : करिब रू. ५२,००० मूल्य बराबरको किराना सामान।
३. सुरक्षा वेश बरियारपुर : हर्नैया र पसाहा चोक क्षेत्रबाट करिब रू. १,६०,००० मूल्य बराबरको किराना सामान।
४. प्रस्तावित सीमा सुरक्षा गुल्म मटिअर्वा : कलैया–१० मटिअर्वा सीमा क्षेत्रबाट रू. २१,००० मूल्य बराबरको टेम्पर ग्लास।
५. वि.ओ.पि. बरैनिया : विश्रामपुर गाउँपालिका–३ स्थित सीमा क्षेत्रबाट भारततर्फबाट ल्याइँदै गरेको करिब रू. १,०५,००० बराबरको झिगे माछा र मोटरसाइकल।

सशस्त्र प्रहरीले बरामद गरिएको सम्पूर्ण सामान आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइसकेको जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *