रक्सौल सीमा नाकामा नाइजेरीयाली नागरिक फर्जी पासपोर्टसहित पक्राउ

समाचार

रक्सौल बिहार,९ असोज ।

भारत–नेपाल सीमा नाकामा सुरक्षा निकायहरूले ठूलो सफलता हात पारेका छन्। रक्सौलको मितेरी पुल नाकाबाट फर्जी परिचय र पासपोर्ट प्रयोग गरी भारत प्रवेश गर्न खोज्ने क्रममा नाइजेरीयाली नागरिक हेनरी चिगोजी ओमेके पक्राउ परेका हुन्।

ओमेके यसअघि मेडिकल भिसामा भारत आएका थिए। तर यसपटक उनले आफैलाई ‘एडजोबा गिल्बर्ट’ भनेर चिनाउँदै कोटे डी आइभरको पासपोर्ट बनाएका थिए। रक्सौल इमिग्रेशनको सतर्कतामा उनको फर्जीवाडा खुलासा भएको हो।

जाँचका क्रममा प्रयोग गरिएको पासपोर्ट नम्बर यसअघि पनि जालसाजीका लागि प्रयोग भएको तथ्य बाहिर आएको छ। पक्राउ परेका ओमेकेलाई सशस्त्र सीमा बल (एसएसबी) को जिम्मामा बुझाइएको र हाल हरैया थाना अन्तर्गत प्राथमिकी दर्ता गरी थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *