रक्सौलमा नहरमा हामफालेका बिरगंजका ५० वर्षीय उमेश प्रसादको शव २४ घण्टापछि बरामद

समाचार

रक्सौल, ९ असोज ।
रक्सौलको कौडिहार चौक नजिक बुधबार बेलुकी नहरमा हामफालेका एक पुरुषको शव २४ घण्टापछि बरामद गरिएको छ। राष्ट्रिय विपद् मोचन बल (एनडीआरएफ) को टोलीले बिहीबार बिहानदेखि सञ्चालन गरेको खोजी अभियानका क्रममा शव मेन रोडमा निर्माणाधीन पुलको छेउबाट फेला पारेको हो।

मृतकको पहिचान नेपाल, बिरगंज रानीघाटका ५० वर्षीय उमेश प्रसाद कानूका रूपमा गरिएको रक्सौल प्रशासनले जनाएको छ। प्राप्त जानकारी अनुसार उमेश प्रसादले बुधबार साँझ अचानक कौडिहार चौक नजिकैको नहरमा हामफालेका थिए। घटनास्थलमा उपस्थितले तत्काल प्रहरीलाई खबर गरे पनि तीव्र पानीको बहाव र अन्धकारका कारण शव तत्काल फेला पार्न सकिएको थिएन। त्यसपछि प्रशासनले एनडीआरएफ टोलीलाई खटाएको थियो।

शव फेला परेपछि प्रहरी टोलीले कानूका परिवारलाई जानकारी गराएको र घटनास्थलमा पुगेका परिवारजनमा गहिरो दुखमा रहेको प्रहरीले जनाएको छ।

रक्सौल थानाध्यक्ष विजय कुमारका अनुसार शवलाई पोष्टमार्टमका लागि मोतिहारी पठाइएको छ। उनले भने, “उमेश प्रसादले आत्महत्या जस्तो कदम किन उठाए भन्नेबारेमा अनुसन्धान भइरहेको छ। यसका लागि परिवारजन र परिचितहरूसँग सोधपुछ भइरहेको छ।”

प्रहरीले आत्महत्याको कारण पत्ता लगाउन सबै कोणबाट गम्भीर रूपमा अनुसन्धान गरिरहेको जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *