सुनसरीमा प्रतिबन्धित लागू औषध र गाँजासहित तीन जना पक्राउ

समाचार

सुनसरी, कार्तिक ५ गते।

सुनसरी जिल्लाका दुई विभिन्न स्थानबाट प्रहरीले प्रतिबन्धित लागू औषध र ठूलो परिमाणको गाँजा सहित तीन जनालाई पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय भान्टाबारीबाट खटिएको प्रहरी टोलीले भारत सुपौलका २० वर्षीय नवि हुसेन र सप्तरीका १९ वर्षीय मोहमद खुसिदलाई नियन्त्रणमा लिएको हो। उनीहरूबाट प्रहरीले ब्राउन सुगर ५३० मिलिग्राम बरामद गरेको जनाएको छ।

(Advrts)

त्यसैगरी, प्रहरी चौकी श्रीपुरजब्दीबाट खटिएको टोलीले प्र. १–०२–००३ ह ८७०५ नम्बरको सिटी रिक्सामा ४ वटा बोरामा राखी लैजाँदै गरेको अवस्थामा भारत सुपौलका २० वर्षीय मोहमद ईम्तियाजलाई पक्राउ गरेको छ। उनको साथबाट प्रहरीले करिब १ सय २० किलोग्राम गाँजा बरामद गरेको जनाएको छ।

पक्राउ परेका सबै अभियुक्तहरूलाई आवश्यक कानूनी कारबाहीका लागि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *