बालकोट पुगेका केपी शर्मा ओली : “घर जलेको छ, तर नीति, सिद्धान्त र विश्वास अझै बाँकी छन्”

समाचार

काठमाडौ , कात्तिक ५ गते।
नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आज आफ्नै जलेको निवास बालकोट पुगेका छन्। जेनजी आन्दोलनका क्रममा लुटपाट, तोडफोड र आगजनी गरी ध्वस्त पारिएको आफ्नो घरको अवलोकन गर्दै ओली निकै भावुक बनेका थिए।

अवलोकनपछि ओलि भाबुक थिए र उनले भने “राष्ट्रको नाममा सुम्पिएको मेरो बालकोटको घर लुटिएको, ध्वस्त पारिएको र जलाइएका अवशेषहरू आज गएर हेरेँ। बालकोट पुग्दा हरेक ईँट, खरानीले विगतका संघर्ष, विश्वास र घाउहरू सम्झाइरहेको थियो। जलेको पुस्तकालयको खरानीबीच केही पुस्तकहरू अझै बाँकी रहेछन्। तीमध्ये एउटा भेटियो — ‘समृद्धिको तगारो र अर्को सिमाना।’ घर जलेको छ, तर नीति, सिद्धान्त र विश्वास अझै बाँकी छन्। यही खरानीबाट फेरि नयाँ विचार उठाइनेछ, जसले देशलाई पुनः उठाउनेछ।”सामाजिक सञ्जालमार्फत नेकपा एमालेका नेता महेश बस्नेतले जानकारी दिएका छन्।

आफ्नो आधिकारिक पेजमा महेश बस्नेतले लेखेका छन्

“राष्ट्रको नाममा सुम्पिएको मेरो बालकोटको घर लुटिएको, ध्वस्त पारिएको र जलाइएका अवशेषहरू आज गएर हेरेँ।
बालकोट पुग्दा हरेक ईँट, खरानीले विगतका संघर्ष, विश्वास र घाउहरू सम्झाइरहेको थियो।

जलेको पुस्तकालयको खरानीबीच केही पुस्तकहरू अझै बाँकी रहेछन्।
तीमध्ये एउटा भेटियो — “समृद्धिको तगारो र अर्को सिमाना।”

क्षणभर रोकिएँ…
देश किन ध्वस्त हुँदैछ भन्ने प्रश्न मनभित्र बल्झियो।
शायद उत्तर यही हो — हामीले हाम्रो सिमाना जोगाउँदा विदेशीको तगारो हटाउन सकेनौं,
आफ्नो सिमाना जोगाउन सत्यसम्म झुक्यौं शक्तिसम्म झुकेनौ,
र आफ्ना मूल्य र विचारहरूलाई बिना सम्झौता उठाइरह्यौ।

घर जलेको छ, नीति सिद्धान्त र विश्वास अझै बाँकी छ।
यो खरानीबाट फेरि नयाँ विचार उठाइनेछ
त्यसले नै देशलाई पुनः उठाउनेछ।— केपी शर्मा ओली”

सञ्चारकर्मीहरूसँग कुरा गर्दै ओलीले भने, “जेनजी आन्दोलनका क्रममा मेरो घरमा आगजनी गर्ने र तोडफोड गर्नेहरू विदेशबाट आएका होइनन्, देशकै हुन्।” उनले भदौ २३ र २४ गते देशभर जेनजीका नाममा हत्या, हिंसा र ध्वंसात्मक क्रियाकलाप भएको दाबी गरे।

ओलीको घर बालकोटस्थित रहेको छ, जहाँ उनको लामो राजनीतिक यात्रा र जीवनका संघर्षका सम्झना बाँधिएका छन्।  त्यो घर जलेको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *