सशस्त्र प्रहरी बल नेपालको आवश्यकता किन?

समाचार

(देशको सुरक्षा र विपद् व्यवस्थापनमा अपरिहार्य शक्ति : सशस्त्र प्रहरी बल नेपालको आवश्यकता)

काठमाडौँ ,१५ कार्तिक । देशको सुरक्षा, स्वाभिमान र जनताको सुरक्षामा सशस्त्र प्रहरी बल नेपालको भूमिका अतुलनीय र अपरिहार्य बनिसकेको छ। सशस्त्र प्रहरी बल केवल सुरक्षाको बल मात्रै नभई, विपद् व्यवस्थापन, उद्धार, सीमा सुरक्षादेखि लिएर जनताको जिउ–धनको रक्षा गर्न अग्रपंक्तिमा खटिने एक जिम्मेवार संगठन हो।

नेपाल भौगोलिक रूपमा विविधतायुक्त देश भएकाले यहाँ कहिले भूकम्प, कहिले बाढी, पहिरो, डुबान, आगलागीजस्ता प्राकृतिक विपत्तिहरू भइरहन्छन्। यस्ता संकटका क्षणमा सशस्त्र प्रहरी बलका जवानहरू सधैं अग्रपंक्तिमा रहँदै विपद् व्यवस्थापन तथा उद्धार कार्यमा सक्रिय देखिन्छन्। वर्षेनी बाढी, पहिरो वा अन्य विपत्तिका समयमा थुप्रै नागरिकको ज्यान जोगाउन सशस्त्र प्रहरी बलले गरेको योगदान प्रशंसनीय छ।

त्यसैगरी, देशको सीमा सुरक्षा सशस्त्र प्रहरी बलको अर्को महत्वपूर्ण जिम्मेवारी हो। खुला सीमाको देश नेपालमा तस्करी, गैरकानुनी ओसारपसार र सिमामा हुने अपराध नियन्त्रण गर्न सशस्त्र प्रहरीले निरन्तर निगरानी राख्दै आएको छ। सीमावर्ती क्षेत्रमा हुने विभिन्न आपराधिक गतिविधि नियन्त्रण गर्न सशस्त्र प्रहरी बलले स्थानीय निकाय र सिमावासी जनतासँग सहकार्य गर्दै सीमाको सुरक्षालाई मजबुत बनाइरहेको जानकार बताउँछन् ।

देशको आन्तरिक सुरक्षामा पनि सशस्त्र प्रहरी बलको योगदान उल्लेखनीय छ। विपद् र अस्थिरताका समयमा जनताको सुरक्षाका लागि खटिने यस संगठनले राष्ट्रिय हितको रक्षा गर्दै देशभक्ति, इमानदारी र सेवाभावका साथ आफ्नो कर्तव्य पूरा गर्दै आएको छ।

सशस्त्र प्रहरी बल नेपालले सीमा सुरक्षासँगै वन तथा वातावरण संरक्षण, अवैध कारोबार नियन्त्रण, राष्ट्रिय सम्पत्तिको रक्षा र शान्ति सुरक्षाको संरक्षणमा पनि सक्रिय भूमिका निर्वाह गर्दै आएको समाजसेवी महम्मद शाहिद बताउँछन् ।

यसरी हेर्दा, सशस्त्र प्रहरी बल नेपालको आवश्यकता केवल सुरक्षाको दृष्टिले मात्र नभई, समग्र राष्ट्रिय अस्तित्व, जनसुरक्षा र विपद् व्यवस्थापनका सबै पक्षमा अपरिहार्य रहँदै आएको छ। देश र जनताको सेवामा समर्पित यो बल आगामी दिनमा पनि राष्ट्रहितको रक्षा र जनताको सुरक्षामा अझै प्रभावकारी रूपमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

 

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *