मधेसमा डिआईजी ढकालको नेतृत्वमा सशस्त्रद्वारा‘अत्याधुनिक हतियार’ सहित युवक पक्राउ

समाचार

(सिमा सुरक्षा, तस्करी नियन्त्रण र अपराध नियन्त्रणमा सशस्त्र प्रहरीको तीव्रता)

मधेस प्रदेश, ६ मंसिर ।
मधेस प्रदेशमा सीमा सुरक्षासँगै तस्करी नियन्त्रण र अपराध नियन्त्रणलाई प्राथमिकतामा राख्दै आइरहेको सशस्त्र प्रहरी बल नेपालले फेरि एकपटक उल्लेखनीय सफलता हात पारेको छ। मधेसका डिआईजी कृष्ण ढकालको नेतृत्वमा सशस्त्र प्रहरीको टोलीले रौतहटमा अत्याधुनिक हतियारसहित एक युवकलाई नियन्त्रणमा लिएको छ।

सिमापारी तस्करी नियन्त्रण र अपराध नियन्त्रणमा सक्रिय डिआईजी ढकालको सक्रियतामा खटिएको विशेष टोलीले २०८२ मंसिर ६ गते, दिउँसो ३:३० बजे रौतहटको चन्द्रपुर नगरपालिका–४, देउरालीचोकमा संकास्पद ढंगले पैदल हिँडिरहेको व्यक्तिको जाँचबुझ गर्ने क्रममा घटनाको खुलासा गरेको हो।

सशस्त्र प्रहरीका अनुसार जिल्ला मकवानपुर हेटौडा उ.म.न.पा. वडा नं.१३ पदमपोखरी वस्ने गुण वहादुर आचार्यको छोरा वर्ष २२ को सुमन आचार्यबाट मेड इन इटली लेखिएको Beretta पेस्तोल १ थान, त्यससँग सम्बन्धित म्याग्जिन १ थान, त्यस्तै Browning पेस्तोल १ थान, सोको म्याग्जिन १ थान, १३ राउण्ड गोली, र खुकुरी १ थान बरामद गरिएको छ।

उक्त कारबाही सशस्त्र प्रहरी बल नेपालको इन्टेलिजेन्स ब्युरोबाट प्राप्त विशेष सूचनाका आधारमा गरिएको र बरामद हतियार तथा व्यक्ति दुबैलाई आवश्यक कानुनी कारबाहीका लागि नेपाल प्रहरीले बुझाउने प्रक्रिया अघि बढिरहेको सशस्त्र प्रहरीले जनाएको छ।

सशस्त्र प्रहरी बलले पछिल्ला महिनाहरूमा सीमावर्ती क्षेत्रमा अवैध गतिविधि, हतियार तस्करी तथा आपराधिक समूहहरू विरुद्ध अभियान झनै कडा बनाएको छ। विशेष गरी मधेस प्रदेशमा डिआईजी ढकालको अगुवाइमा तस्करी नियन्त्रण, सिमानाकामा सुरक्षा, सीमामा चेकजाँच र अपराध नियन्त्रणलाई अझ व्यवस्थित र प्रभावकारी बनाइएको अधिकारीहरू बताउँछन्।

स्थानीय सुरक्षाविद्हरूले यस कारबाहीलाई महत्वपूर्ण सफलताका रूपमा व्याख्या गरेका छन्।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *