काठमाडौँ ,११ पुस। प्रधानमन्त्री सुशीला कार्कीले त्रिभुवन विश्वविद्यालयको ऐतिहासिक ५१औँ दीक्षान्त समारोहको अवसरमा दीक्षित विद्यार्थीहरूलाई हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरेकी छन्।
प्रधानमन्त्री कार्कीले सामाजिक सञ्जालमार्फत सार्वजनिक सन्देश जारी गर्दै उक्त दीक्षान्त समारोहमा ८९ हजारभन्दा बढी विद्यार्थी उत्तीर्ण भएको र करिब १६ हजार विद्यार्थी दीक्षान्त कार्यक्रममा सहभागी भएको उल्लेख गरेकी छन्। उनले यस उपलब्धिलाई त्रिभुवन विश्वविद्यालयको शैक्षिक इतिहासमा महत्वपूर्ण उपलब्धि भएको बताइन्।
साथै प्रधानमन्त्री कार्कीले विद्यार्थीहरूको सफलतामा निरन्तर साथ, सहयोग र मार्गदर्शन प्रदान गर्ने अभिभावक तथा प्राध्यापकहरूप्रति सम्मान प्रकट गर्दै उच्च प्रशंसा व्यक्त गरेकी छन्।
उनले शिक्षा, मेहनत र अनुशासनमार्फत प्राप्त गरिएको यो उपलब्धिले देशको समग्र विकासमा सकारात्मक योगदान पुग्ने विश्वास समेत व्यक्त गरेकी छिन् ।
