डिआईजी गोविन्द थपलियाद्वारा जिल्ला प्रहरी कार्यालय पर्साको निरीक्षण तथा नीति निर्देशन

समाचार

पर्सा, २३ पुस।
मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरका कार्यालय प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआईजी) गोविन्द थपलियाले जिल्ला प्रहरी कार्यालय पर्साको निरीक्षण तथा अनुगमन गर्नुभएको छ।

मिति २०८२ साल पुस २३ गते पर्सा जिल्लाको भ्रमणका क्रममा डिआईजी थपलियाले जिल्लाको समग्र सुरक्षा अवस्था, प्रहरी परिचालन, शान्ति सुरक्षाको व्यवस्थापन तथा हाल देखिएका संवेदनशील विषयहरूबारे जानकारी लिँदै आवश्यक निर्देशन दिनुभएको हो।

निरीक्षणका क्रममा उहाँले जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत कार्यालय प्रमुख, वरिष्ठ प्रहरी अधिकृत तथा जुनियर प्रहरी अधिकृतहरूसँग छलफल गर्दै साम्प्रदायिक तथा धार्मिक विषयहरूमा विशेष सतर्कता अपनाउन निर्देशन दिनुभयो। साथै, आम नागरिकसँग सद्भाव र भाइचारा कायम गर्दै विश्वासयुक्त प्रहरी–नागरिक सम्बन्ध निर्माण गर्न प्रहरी कर्मचारीहरूले जिम्मेवार र मर्यादित ढंगले कार्य सम्पादन गर्नुपर्नेमा जोड दिनुभयो।

डिआईजी थपलियाले अवैध चोरी निकासी, लागूऔषध कारोबार तथा अन्य गैरकानुनी गतिविधि नियन्त्रणमा प्रभावकारी रूपमा सक्रिय रहन निर्देशन दिँदै शान्ति, सुरक्षा र कानुनको कार्यान्वयनमा कुनै पनि किसिमको कमजोरी हुन नदिन स्पष्ट निर्देशन दिनुभएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

निरीक्षण तथा निर्देशन कार्यक्रमले जिल्लामा प्रहरीको कार्यक्षमता थप सुदृढ हुने अपेक्षा गरिएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *