पौष २८, पर्सा।
पर्सा क्षेत्र नं. १ मा राजनीतिक परिवर्तनको लहर तीव्र बन्दै गएको छ। वीरगन्ज महानगरपालिका–१६ अन्तर्गत नगवा (मध्य टोल) मा जनमत पार्टीद्वारा आयोजित स्थानीय भेटघाट तथा संवाद कार्यक्रममा ५० भन्दा बढी स्थानीय नागरिक जनमत पार्टीमा प्रवेश गरेका छन्।
कार्यक्रमका क्रममा संगठन विस्तारलाई थप मजबुत बनाउँदै नगवा बुथ समितिको इन्चार्जमा किरन चौरसिया चयन गरिएको छ। यस्तै, युवा दस्ता संयोजकमा निखिल चौरसिया नियुक्त भएका छन् भने चन्द्रावती यादवको अध्यक्षतामा बुथ स्तरीय महिला समिति गठन गरिएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै जनमत पार्टीका जिल्ला अध्यक्ष तथा पर्सा क्षेत्र नं. १ का प्रस्तावित उम्मेदवार ओमप्रकाश सरार्फले मधेस र देशको समग्र विकासका लागि जनमत पार्टी नै एकमात्र विकल्प भएको जिकिर गरे। उनले जनमत पार्टीको मुख्य एजेन्डा “नयाँ गणतन्त्र” भएको उल्लेख गर्दै युवा र जेन्जी आन्दोलन नै पार्टीको मूल शक्ति भएको बताए। सबैले यस एजेन्डालाई आत्मसात गरी पार्टीलाई बलियो बनाइए मात्रै देशमा दिगो शान्ति र समृद्धि सम्भव हुनेमा उनले जोड दिए।

उक्त कार्यक्रममा जनमत पार्टीका केन्द्रीय सदस्यहरू विध्यालाल प्रसाद, सीमा गुप्ता, श्यामशंकर चौरसिया, राष्ट्रिय परिषद सदस्य बृजकिशोर कलवार, शिव यादव, क्षेत्र नं. १ का पर्यवेक्षक डा. मनोज कुमार, सिए देवराज, निराजन कुशवाहा, क्षेत्र नं. १ का अध्यक्ष दिनानाथ प्रसाद साह, विजय पासवान, बबिता पुडासैनीलगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमले पर्सा क्षेत्र नं. १ मा जनमत पार्टीप्रति जनसमर्थन बढ्दै गएको संकेत दिएको सहभागीहरूले बताएका
