कांग्रेस परित्याग गर्दै चिन्टु मल्लिक निस्कृय, सामाजिक सञ्जालमार्फत गरे घोषणा

राजनीति समाचार

वीरगञ्ज, १० फागुन ।
पर्साको वीरगञ्ज महानगरपालिका–२ छपकैया निवासी चिन्टु मल्लिकले नेपाली कांग्रेस पार्टी परित्याग गरेको घोषणा गरेका छन्। चुनावी चहलपहलको महौलमा उनले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत पार्टीको साधारण सदस्यता समेत नरहने गरी पार्टी छाडेको जानकारी दिएका हुन्।

मल्लिकले फेसबुकमा लेख्दै मिति २०८२ फागुन १० गतेदेखि आफू नेपाली कांग्रेसको साधारण सदस्य समेत नरहने गरी पार्टी परित्याग गरेको उल्लेख गरेका छन्। उनले “आज मिति २०८२/११/१० गतेका दिनदेखि म असहाब आलम उर्फ चिन्टु मल्लिक नेपाली कांग्रेस पार्टीबाट पार्टीको साधारण सदस्यता समेत नरहने गरी पार्टी परित्याग गरी निस्क्रिय रहेको व्यहोरा जानकारी गराउन चाहन्छु,” भन्दै आफ्नो निर्णय सार्वजनिक गरेका हुन्।

लामो समयदेखि कांग्रेससँग आबद्ध रहेका मल्लिकको यस निर्णयले स्थानीय राजनीतिक वृत्तमा चासो उत्पन्न गरेको छ। यद्यपि उनले पार्टी परित्याग गर्नुको कारण भने खुलाएका छैनन्।

वीरगञ्ज क्षेत्रमा सक्रिय युवा रूपमा परिचित मल्लिकको आगामी राजनीतिक यात्रा कता मोडिने भन्ने विषयमा भने अहिले स्पष्ट भएको छैन।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *