कृषि अधिकृत र प्राविधिक सहायकविरुद्ध मुद्धा दायर

समाचार

काठमाडौँ ,२ भदौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दार्चुलाको शैल्यशिखर नगरपालिकाका कृषि प्राविधिक अधिकृत मोहन सिंह धामी र कृषि नायव प्राविधिक सहायक अशोक सिंह धामीविरुद्ध मुद्धा दायर गरेको छ ।

धामी र सिंहले कृषि समूहको बिल भुक्तानी गर्दा कमिशन वापत ४ लाख १२ हजार घुस रकम र ५ लाखको चेकसहित पक्राउ परेका थिए ।

अख्तियारले अनुसन्धानपछि दुवैलाई सोहि रकम बराबरको बिगो कायम गरि आइतबार विशेष अदालत काठमाडौँमा मुद्धा दायर गरेको जनाएको छ ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *