बिरगंज, ५ चैत । पवित्र रमजान महिनाको अवसर पारेर वीरगञ्ज महानगरपालिका–१३ मा विपन्न तथा असहाय नागरिकहरूलाई कपडा वितरण गरिएको छ।
समाजसेवी तथा नेपाली कांग्रेसका वडा नं. १३ का वडा अध्यक्ष प्रत्यासी शेख रुस्तमले मुर्ली नयाँ टोलमा आयोजित एक कार्यक्रममा करिब ६० जना अति विपन्न नागरिकहरूलाई कपडा वितरण गर्नुभएको हो।
कार्यक्रममा बोल्दै रुस्तमले रमजान महिनामा गरिब तथा असहायहरूको सेवा गर्नु नै वास्तविक धर्म भएको उल्लेख गर्नुभयो। उहाँले सानो सहयोगले पनि विपन्न समुदायको जीवनमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो।
स्थानीय बासिन्दाहरूले उक्त कार्यको सराहना गर्दै रुस्तम निरन्तर सामाजिक सेवामा सक्रिय रहँदै आएको बताएका छन्। उनीहरूले यस्ता कार्यक्रमले समाजमा सहयोग र सद्भावको भावना अझ मजबुत बनाउने धारणा राखेका छन्।
