ईदको अवसरमा बालेन शाहको सन्देश: सद्भाव र एकतामा जोड

समाचार

काठमाडौँ, चैत ७ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा भावी प्रधानमन्त्री उम्मेदवार बालेन्द्र शाह (बालेन शाह) ले ईदको अवसरमा सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गरेका छन्।

सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै उनले धर्म, संस्कृति र विविधताको सम्मान गर्दै सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट मात्रै देश अघि बढ्न सक्ने बताएका छन्। उनले एक–अर्काप्रति सम्मान, समझदारी र एकताले समाजलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गरेका छन्।

उनले आफ्नो सन्देशमा ईद पर्वले भाइचारा, प्रेम र मेलमिलापको भावना अझ प्रगाढ बनाओस् भन्ने कामना गरेका छन्। साथै, उनले सबै नेपालीबीच आपसी सद्भाव र सहकार्य कायम रहोस् भन्ने अपेक्षा पनि व्यक्त गरेका छन्।

उनको सन्देशको अन्त्यमा “ईद मुबारक” उल्लेख गर्दै पर्वले देशभर सकारात्मक ऊर्जा र एकताको भावना फैलाओस् भन्ने शुभेच्छा दिएका छन्।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *