छापामारी गरि बारा प्रहरीले नियन्त्रणमा लियो २ लाख ५९ हजार बराबरको चिनि ।

समाचार

रसीद आलम,बारा,८ असोज ।

बारा प्रहरीले छापामारी गरि २ लाख ५९ हजार बराबरको चिनि नियन्त्रणमा लिएको छ।

विशेष सूचनाको आधारमा मंगलवार दिउँसो१२:३० बजेको समयमा बाराको कलैया उ.म.न.पा. वडा नं.२५ बस्ने तजमोदिन अंसारीको घरमा छापामारी गरि भारतबाट भन्सार छली चोरी पैठारी गरी ल्याईएको ६१ बोरा चिनि र बोरा सिलाउने मेसिन १ थान बरामद गरेको बारा प्रहरी प्रमुख प्रहरी उपरीक्षक महेन्द्र खड्काले जानकारी दिएका छन् ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले तजमोदिन अंसारीको घरमा चेकजाँच गर्दा मुल्य रू.२ लाख ५९ हजार बराबरको चिनि-६१ बोरा र बोरा सिलाउने मेसिन-१ थान फेला परेको हुँदा वरीपरीका स्थानियसंग सोधपुछ गर्दा कसैले दाबी नगरेकोले उक्त समान नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी भन्सार कार्यालय वीरगंज बुझाईएको बारा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *