प्रहरी महानिरीक्षक कार्कीको उपस्थितिमा अपराध अनुसन्धान तालिमका प्रशिक्षार्थीसँग अन्तरक्रिया सम्पन्न

समाचार

काठमाडौं,१७ बैशाख । नेपाल प्रहरी का प्रहरी महानिरीक्षक दान बहादुर कार्की को प्रमुख आतिथ्यमा नेपाल प्रहरी अपराध अनुसन्धान विद्यालय, महाराजगञ्जमा सञ्चालित अपराध अनुसन्धान सि.प्र.अ. तालिमका प्रशिक्षार्थीहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

उक्त कार्यक्रममा प्रहरी महानिरीक्षक कार्कीले आधुनिक अपराधका बदलिँदा स्वरूपसँग जुध्न अनुसन्धान क्षमताको विकास अपरिहार्य रहेको उल्लेख गर्दै वैज्ञानिक, प्रविधिमैत्री र प्रमाणमा आधारित अनुसन्धान प्रणालीलाई प्राथमिकता दिन निर्देशन दिनुभयो। उहाँले अपराध अनुसन्धानमा पेशागत इमान्दारिता, अनुशासन र जिम्मेवारीबोध अझ सुदृढ बनाउन प्रशिक्षार्थीहरूलाई प्रेरित गर्नुभयो।

कार्यक्रममा सहभागी प्रशिक्षार्थीहरूले तालिमका क्रममा भोगेका अनुभव, चुनौती तथा सिकाइबारे आफ्नो धारणा राखेका थिए। साथै, अपराध अनुसन्धानलाई अझ प्रभावकारी बनाउन आवश्यक सुधार र नवीन अभ्यासबारे समेत छलफल गरिएको थियो।

विद्यालयका प्रमुख तथा सम्बन्धित अधिकृतहरूको उपस्थितिमा सम्पन्न उक्त अन्तरक्रियाले प्रशिक्षार्थीहरूको ज्ञान, सीप र आत्मविश्वास अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुगेको विश्वास लिइएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *