नारायणी यातायात कार्यालय अगाडिबाट मोटरसाइकल चोरी गर्दै गरेका युवक पक्राउ

समाचार

वीरगञ्ज, २७ बैशाख ।
पर्सा प्रहरीले मोटरसाइकल चोरी गरी भाग्दै गरेका एक युवकलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार वीरगञ्ज महानगरपालिका वडा नं. १३ स्थित नारायणी यातायात व्यवस्था कार्यालय अगाडि पार्किङ गरी राखिएको मोटरसाइकल चोरी गर्ने क्रममा युवक पक्राउ परेका हुन्।

वैशाख २५ गते साँझ करिब ७ बजे बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका वडा नं. ७ निवासी ३२ वर्षीय दिपेन्द्र कुमार गुप्ताको नाममा दर्ता रहेको प्र.२-०३-०१९ प ६३५० नम्बरको २२० सीसी क्षमताको कालो–रातो रंगको पल्सर मोटरसाइकल पार्किङ गरिएको अवस्थामा थियो। सोही क्रममा मोटरसाइकलको लक फुटाई चोरी गरी लैजान खोज्दै गर्दा स्थानीय बासिन्दा तथा प्रहरीको सक्रियतामा एक युवकलाई नियन्त्रणमा लिन सफल भएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका वडा नं. १३ निवासी २० वर्षीय अकतर हुसेन रहेका छन्। प्रहरीले चोरी गरिएको मोटरसाइकल समेत बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतका अनुसार पक्राउ परेका हुसेनमाथि चोरी सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *