लागू औषध सेवनकर्ता खोजी तथा सुधार अभियान : पर्सामा ५ जना नियन्त्रणमा, आफन्तको जिम्मा लगाइयो

समाचार

पर्सा, ७ जेठ ।
पर्सा प्रहरीले सञ्चालन गर्दै आएको “लागू औषध सेवनकर्ता खोजी एवं सुधार महाअभियान” अन्तर्गत ५ जनालाई नियन्त्रणमा लिई आवश्यक प्रक्रिया पूरा गरी आफन्तको जिम्मा लगाइएको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सुदिप राज पाठक को नेतृत्वमा सञ्चालन भइरहेको अभियान अन्तर्गत जिल्लाका विभिन्न स्थानबाट उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको हो।

प्रहरीका अनुसार लागू औषध दुव्र्यसन नियन्त्रण, युवापुस्तालाई कुलतबाट जोगाउने तथा समाजमा शान्ति सुरक्षा कायम गर्ने उद्देश्यले अभियानलाई तीव्र बनाइएको छ। नियन्त्रणमा लिइएका व्यक्तिहरूमाथि आवश्यक सोधपुछ तथा परामर्शपछि आफन्तको जिम्मा लगाइएको बताइएको छ।

पर्सा प्रहरीले लागू औषध विरुद्धको अभियानलाई आगामी दिनमा अझ प्रभावकारी बनाउँदै लैजाने जनाएको छ। साथै, लागू औषध सेवन तथा ओसारपसार सम्बन्धी गतिविधिबारे सूचना भए नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन सर्वसाधारणसँग आग्रह समेत गरेको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *