स्कुटर दुर्घटनामा दुई किशोरी घाइते, एकको अवस्था गम्भीर

समाचार

बारा, जेठ ३१ । बाराको जितपुरसिमरा उपमहानगरपालिका–७ भगिरथ लाइनस्थित वीरगञ्ज–पथलैया सडकखण्डमा आइतबार स्कुटर दुर्घटना हुँदा दुई किशोरी घाइते भएका छन्।

दिउँसो करिब १२:१० बजे जितपुरबाट सिमरातर्फ जाँदै गरेको मधेश प्रदेश ०३–०३९ प २६८६ नम्बरको स्कुटर आफैं अनियन्त्रित भई दुर्घटना भएको बारा प्रहरीले जनाएको छ।

दुर्घटनामा स्कुटर चालक जितपुरसिमरा उपमहानगरपालिका–१७ रामनगर निवासी बासुदेव मोक्तानकी १६ वर्षीया छोरी सुप्रिया मोक्तान गम्भीर घाइते भएकी छन्। उनको टाउकोसहित शरीरका विभिन्न भागमा चोट लागेको छ।

त्यसैगरी स्कुटरको पछाडि सवार सोही स्थान निवासी स्वर्गीय तिलकबहादुर रुम्बाकी १६ वर्षीया छोरी सुप्रिया रुम्बा घाइते भएकी छन्। उनको अनुहार, बायाँ हात तथा दुवै खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ। उनको अवस्था मध्यम रहेको बताइएको छ।

दुवै घाइतेको एलएस न्यूरो अस्पताल, परवानीपुरमा उपचार भइरहेको छ।
दुर्घटनामा संलग्न स्कुटर इलाका प्रहरी कार्यालय जितपुरको नियन्त्रणमा रहेको छ। घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी सहायक निरीक्षक तेजनारायण बैठाको कमाण्डमा दुई सदस्यीय टोली घटनास्थलमा खटिएको थियो।

घटनाबारे थप अनुसन्धान भइरहेको बारा प्रहरीले जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *