नेपालगञ्जमा स्रोत नखुलेको करिब १६ लाख रुपैयाँसहित दुई जना सशस्त्र प्रहरीको नियन्त्रणमा

समाचार

नेपालगञ्ज, असार १५ । सशस्त्र प्रहरी बल, नेपालले बाँकेको नेपालगञ्जबाट स्रोत नखुलेको रु. १५ लाख ९९ हजार ९ सय नगदसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। उनीहरूको साथबाट भारतीय नम्बर प्लेटको एउटा कार र दुई थान मोबाइल फोन पनि बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ।

सशस्त्र प्रहरीका अनुसार विशेष सूचनाका आधारमा गरिएको चेकजाँचका क्रममा उक्त रकमसहित दुवै जनालाई नियन्त्रणमा लिइएको हो। बरामद नगदको वैधानिक स्रोत खुलाउन नसकेपछि थप अनुसन्धानका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया अघि बढाइएको छ।

बरामद गरिएको नगद, भारतीय नम्बर प्लेटको कार र मोबाइल फोनलाई नियन्त्रणमा राखी घटनाबारे विस्तृत अनुसन्धान भइरहेको सशस्त्र प्रहरीले जनाएको छ। पछिल्लो समय सीमा क्षेत्रमा अवैध रकम तथा शंकास्पद गतिविधिमाथि निगरानी कडा पारिएको सुरक्षा निकायको भनाइ छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *